Logo

बानेश्वर कोटेश्वरमा पनि कलंकी जस्तै अन्डरपास बन्दै



काठमाडौँ । सडक विभागले चीन सरकारको सहयोगमा कलंकी चोकमा जस्तै वानेश्वर र कोटेश्वरमा अण्डरपास वे बनाउने प्रक्रिया अघि बढाएको छ । यी दुई स्थानमा अन्डरपास बनाउनका लागि विभागले अण्डरपासको डिजाइन बनाउन ग्लोबल टेण्डर आव्हान गरिसकेको छ।

डिजाइनका लागि आवेदन दिएका परामर्शदाता कम्पनीहरुको मूल्याङकन भइरहेको सडक विभाग पुल महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए। उनका अनुसार छनौट भएको कम्पनीले छ महिनामा अण्डरपासको डिजाइन तयार पार्नेछ। त्यसपछि निर्माणको प्रक्रिया नै अघि बढाउने विभागको तयारी छ।

निर्माण थालेको तीन बर्षमा गाडी कुदाउनका लागि तयार पार्ने योजना छ। एउटा अण्डरपास बनाउनका लागि १ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरि महाराजगंज चोकमा भने चक्रपथ विस्तारकै क्रममा चीन सरकार आफैंले अण्डरपास बनाउनेछ।

प्रतिक्रिया दिनुहोस्