Logo

पूर्व राजदुत झाको हत्याको आशंकामा ३ जना पक्राउ



काठमाडौँ । फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झाको हत्याबारे सोधपुछ गर्न प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ। झाको हत्याबारे अनुसन्धान थालेको महानगरीय अपराध महाशाखाले झाको घरमा काम गर्ने सानु तामाङ र दुई जनालाई नियन्त्रणमा लिएको हो ।

घटनाको अनुसन्धानका लागि ३ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए ।

झा श्रीमतिसहित घरमा बस्दै आएका थिए। उनको घरमा अन्य तीन जना कामदार पनि बस्थे। सानु तामाङ झाको घरमा ७ वर्षदेखि कुकको रुपमा कार्यरत थिए । दुई जना भने हप्तामा दुई(तीन दिन सरसफाइका लागि आउने गरेका थिए ।

८० वर्षीय झा बबहरमहलस्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिएका हुन् । झा हत्या गरिएको अवस्थामा आफ्नै घरको कोठामा फेला परेका हुन्।

मृतक झाको टाउको र घाँटीमा चोटपटक लागेको छ । श्रीमती र सुरक्षागार्ड घरमा भएका बेला उनको अकस्मात हत्या भएको देखिइएकाले गहिराइमा पुगेर अनुसन्धान भइरहेको काठमाडौँ महानगरीय परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले बताए । झाले परराष्ट्र सेवामा ३४ वर्ष बिताएका थिए ।

प्रहरी वरिष्ठ उपरीक्षक लामाले पूर्व राजदूत झाको निधन नभइ हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारी दिए । “घटनाको प्रकृति हेर्दा हत्या भएको देख्न्छि,”उनले भने ुचाँडै नै हामी अपराधी पहिचान गर्छौं।’ पूर्वराजदुत झाको हत्या रातको १ देखि २ बजे बिचको समयमा भएको चिकित्सक रिपोर्टले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्