Logo

नेता केसीले भन्नु भो- देउवाले पार्टीलाई अधिनायकवादी शैलीमा चलाए(भिडियो सहित)



पोखरा । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले सभापति शेर बहादुर देउवाले पार्टीलाई अधिनायकवादी शैलीमा चलाएको आरोप लगाउनुभएको छ । स्याङ्गजाका पार्टी सभापति कमल पंगेनीको १३औ दिनको शोकसभामा सहमागी भएर फर्कने क्रममा पोखरामा सञ्चारकर्मीहरुसंग कुरा गर्दै उहाँले नेपाली कांग्रेसले अधिनायकवादी शैलीको सरकारसंग लड्न नसक्ने बताउनुभएकोछ ।
नेता केसीले अधिनायकवादी शैलीको विरोध र प्रतिकार गर्नका लागि सवैभन्दा पहिलो कांग्रेस नेतृत्वमा लोकतान्त्रीक चरित्र देखिनुपर्ने बताउनुभयो ।
उहाँले संचार र स्वास्थ्य क्षेत्रलाई नियन्त्रणमा राख्नका लागि नयाँ मुलुकी ऐनको व्यवस्था सहयोगी हुने दावी गर्दै सरकार निरकुंश हुनका लागि सहयोगी बन्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्