Logo

जिल्ला प्रशासन कार्यालय दाङले शनिबार पनि सेवाग्राहीलाई कार्यालयबाट सेवा प्रदान गर्ने



दाङ । जिल्ला प्रशासन कार्यालय दाङले शनिबार पनि सेवाग्राहीलाई कार्यालयबाट सेवा प्रदान गर्न थालेको छ । सेवाग्राहीहरुको सहजताका लागि भन्दै जिल्ला प्रशासन कार्यालय दाङले आजवाट विदाको दिन पनि सेवा दिन सुरु गरेको हो । ब्यस्त र टाढावाट आएका नागरिकलाई मध्यनजर गर्दै शनिबार पनि सेवा दिन सुरु गरिएको कार्यालयले जनाएको छ ।

परिक्षणको रुपमा दुई महिनासम्म शनिवार कार्यालय खोलेर सेवा दिने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । शनिवार पनि कार्यालय खुल्ला हुँदा अन्य बारहरुमा व्यस्त रहने सेवाग्राहीहरु लाभान्वित हुने अपेक्षा प्रशासनले गरेको छ ।।

प्रतिक्रिया दिनुहोस्