Logo

वाजपेयीको अन्त्येष्टि आज अपराह्न ४ बजे

कांग्रेस उपसभापति नीधि अन्तेष्टीमा सहभागि हुने



काठमाडौं । भारतीय पूर्वप्रधानमन्त्री स्वर्गीय अटल बिहारी वाजपेयीको आज अपराह्न ४ बजे अन्त्येष्टि गरिने भएको छ । ९३ वर्षका उमेरमा बिहीबार निधन भएका वाजपेयीको पार्थिव शरीर बिहीबार रातभर उनको कृष्ण मेनन मार्गस्थित निवासमा राखिएको थियो । श्रदाञ्जलीका लागि बिहान ९ बजे उनको पार्थिव शरीर भारतीय जनता पार्टीको मुख्यालयमा राखिएको छ । शवयात्रा दिउँसो १ बजे शुरु हुनेछ । वाजपेयीको अत्येष्टि राजघाटस्थित महात्मा गान्धीको नजिक गरिने बीबीसीले जनाएको छ । उनको निधनमा भारत सरकारले सात दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । दिल्लीसहित मध्यप्रदेश, उत्तरप्रदेश, राजस्थान, बिहार, झारखण्ड, पञ्जाबका विद्यालय तथा कलेजमा छुट्टी दिइएको छ ।

यसैबीच नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र नीधि भारतीय पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको अन्त्येष्टिमा सहभागी हुन भारत जानेभएका छन् । नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली जाने भएका छन् । दक्षिण एसियाका राष्ट्रका तर्फबाट हरेक प्रतिनिधि जाने निर्णय अनुसार मन्त्री ज्ञवाली जान लागेका हुन् ।  त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका तर्फबाट उपसभापति विमलेन्द्र निधि पनि मन्त्री ज्ञवालीसंगै भारत जाँदैछन् ।

वाजपेयीले दक्षिण एसियाले विशेष प्राथमिकता दिएर हेर्ने गरेको छ ।  वाजपेयीको अन्तिम संस्कारमा सहभागी हुन दक्षिण एसियाका देशका प्रतिनिधिहरु भारत पुग्ने क्रम जारी रहेको बताइएको छ ।  पाकिस्तानबाट कानुन तथा संचार मन्त्री अलि जाफर पनि भारत पुग्दैछन् ।

प्रतिक्रिया दिनुहोस्