Logo

बालविवाहमुक्त वडामा घरैपिच्छे किशोरीआमा, पुस्तक हुनुपर्ने हातमा लालाबाला



मुगु  : खत्याड गाउँपालिका–५ बालविवाहमुक्त क्षेत्र हो । सरकारले खत्याड (साविकको खमाले गाविस) को वडा नम्बर ५ लाई १० मंसिर ०७२ मा बालविवाहमुक्त घोषणा गरेको थियो । तर, बालविवाहमुक्त घोषणा गरेदेखि नै यहाँ २० वर्ष नपुग्दै आमा बन्नेको संख्या बढ्दै गएको छ ।

पुस्तक हुनुपर्ने हातमा लालाबाला

स्यान खत्याड ५ लमेरा गाउँकी १७ वर्षीया कल्पना बुढा आमाबुबाको काखमा रमाउने र कापीकिताब च्यापेर विद्यालय जाने वेला वैवाहिक बन्धनमा बाँधिएर बालबालिका स्याहार्न बाध्य छिन् । उनको काखमा नौ महिनाको छोरा छ । बिहे गरेको वर्ष दिनमै छोरा जन्मेको उनले बताइन् । ‘अघिल्लो सालको एसइईमा २ विषयमा फेल भएँ, यो वर्ष सानो छोरो हुदा परीक्षा दिन पाइन,’ बुढाले भनिन्, ‘दुःख त लाग्छ, पढाइ छुट्यो, केही थाहा नभएर बिहे गरियो । बच्चा जन्मियो । विद्यालय जाने मन अझै छ । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्