Logo

संविधानअनुसार कानुन बनाउन सरकारले आलटाल गरेको प्रकाशमानको आरोप



काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपालको राजनीतिक परिवर्तनमा नेपाल महिला संघको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाल महिला संघ काठमाडौँले संघको ७१ औँ स्थापना दिवस तथा तिजको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता सिंहले मुलुकमा भएका विभिन्न राजनीतिक परिवर्तनमा महिलाहरुको ठूलो भूमिका रहेको बताए । ‘राणा शासन, प्रजातन्त्र स्थापना, गणतन्त्र स्थापनालगायतका आन्दोलनमा नेपाल महिला संघले महत्वपूर्ण भूमिका खेलेको छ,’ –उनले भने ।

नेता सिंहले महिला संघले स्थापना कालदेखि उठाउँदै आएका मुद्दालाई समयानुकुल परिमार्जन गर्दै महिलाको समग्र व्यक्तित्व विकास र उत्थानका लागि संगठन विस्तार गर्दै लैजानुपर्ने बताए । उनले संविधानभित्र रहेका महिलाका हक अधिकारलाई अध्ययन गरेर कमी कमजोरी भए सच्याउँदै संविधान कार्यान्वयनका लागि नेपाल महिला संघले नेतृत्व लिनुपर्ने उल्लेख गरे । पूर्व उपप्रधानमन्त्रीसमेत रहृेका नेता सिंहले वर्तमान सरकार महिलाको हक अधिकारप्रति गम्भीर नभएको आरोप लगाए । संविधानअनुसार कानुन बनाउन सरकार आलटाल गरेको उनको भनाई थियो । काँग्रेस केन्द्रीय सदस्य कमला पन्तले महिला हक अधिकारका लागि नेपाल महिला संघले स्थापनाकालदेखि नै महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले नेपालको राजनीतिक परिवर्तनमा महिलाहरुको ठूलो योगदान रहेपनि संसद र पार्टीभित्र महिलाहरुको अहिलेसम्म उचित स्थान पाउन नसकेको गुनासो गरिन् ।

काँग्रेस केन्द्रीय सदस्य डा डिला संग्रौलाले नेपालीे महिलाको हक हित, सशक्तिकरण, जागरण, सामाजिक रुपान्तरणमा महिलाहरुको ठूलो योगदान रहेको बताइन् ।   काँग्रेस काठमाडौँका सभापति सबुज बानियाले महिला शक्ति बलियो नभएसम्म पार्टी र मुलुक बलियो नहुने बताए । गाउँगाउँसम्म महिला जागरण लैजान जरुरी रहेको उनको भनाई थियो ।  नेपाल महिला संघ काठमाडौँ अध्यक्ष विष्णुदेवी पुडासैनी, काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीलगायतले काँग्रेसमा ५० प्रतिशत महिला सहभागीता बनाउनुपर्नेमा जोड दिएका थिए । नेपाली काँग्रेसको भ्रातृ संस्थाको रुपमा रहेको महिला संघको स्थापना विस २००४ सालमा मंगलादेवी सिंहको नेतृत्वमा भएको हो ।

प्रतिक्रिया दिनुहोस्