Logo

सीपीएल : अमेजन वारियर्सद्वारा सेन्ट किट्स छ विकेटले पराजित, सन्दीपले लिए २ विकेट



काठमाडौँ : सन्दीप लामिछाने सहभागी रहेको टिम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले क्यारेबियन प्रिमियर लिग ‘सीपीएल’ क्रिकेटको पहिलो खेलमा पराजय ब्यहोरेको छ । शुक्रबार विहान भएको खेलमा प्याट्रियट्स, गुयाना अमेजन वारियर्ससँग छ विकेटले पराजित भएको हो ।

प्याट्रियट्सले दिएको १ सय ४७ रनको लक्ष्य वारीवर्सले १६ ओभर ३ बलमा मात्र ४ विकेटको क्षतिमा पुरा गरेको हो । खेलमा प्याट्रियट्सका लागि सन्दीप लामिछानेले दुई विकेट लिए । सिपीएल क्रिकेटमा डेब्यु गरेका सन्दीपले ४ ओभरमा १२ रन खर्चिएर २ विकेट लिएका हुन । उनले वारीवर्सका चाडविक वाल्टन र जासन मोहमेदलाई आउट गरे ।

सन्दीपलाई प्याट्रियट्सले ६ महिना अघि लन्डनमा भएको अक्सनबाट ५ हजार डलरमा खरिद गरेको थियो ।सीपीएल खेलेर सन्दीप अगस्ट २९ देखि सेप्टेम्बर ६ सम्म हुने एसिया कप छनोट खेल्न मलेसिया आउने छन् । यसअघि लामिछानेले इन्डियन प्रिमियर लिगमा ‘आईपीएल’ र ग्लोबल टी ट्वान्टी क्यानाडा लिगमा पनि सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्