Logo

राष्ट्रको पहिचान आदीवासी जनजातीले जोगाएका छन् : पौडेल



नेपाली कांग्रेसले संघीयताका बारेमा पहिचान भेटिने आपसी द्धन्द मेटिने संघीयता भन्ने आफ्नो सिद्धान्त नै बनाएको हो । नेपाल बहुजातिय बहुसांस्कृतिक तथा बहुधार्मीक देश भएकाले कांग्रेसले सवैको पहिचान भेटिने संघीयताका लागि पहिचान भेटिने आपसी द्धन्द मेटिने संघीयता भन्ने सिद्धान्त तय गरेको हो ।  राष्ट्रको पहिचानलाई पनि हामीले उचो राख्न जरुरी छ । राष्ट्रको पहिचान आदीवासी जनजातीले जोगाएका छन् । उनीहरुले नै राष्ट्रको पहिचान उचो बनाएका छन् । बहुजातिय बहुसांस्कृतिक तथा बहुधार्मीक देशमा राष्ट्रको पहिचान उचो बनाउनका लागि सवै जात सवै धर्म र सवै जातिको उतिकै भूमिका हुन्छ ।

नेपाली कांग्रेसले आदीवासी जनजातीहरुको हक अधिकारका लागि धेरै काम गरेको छ । कम्युनिष्टहरुका जस्तो भाषण र नारा लगाउदै मात्रै कांग्रेस हिडेको छैन् । नेपाली कांग्रेसका पालामा आदीवासी जनजाती उत्थान प्रतिष्ठानको स्थापना भएको हो । कांग्रेसका पालामा संसदमा आइएलओ १६९ लाई संसदमा मैले नै लगेको हो । अनि कांग्रेसले नै आदीवासी जनजातीका माग सम्बोधन गर्नका लागि संविधानमा ती माग सम्बोधन गर्छौ भनेको मैले नै २० बुँदे संझौता गरेको हो । संविधान संसोधन गर्नुछ भनेर कांग्रेसले नै भनेको हो । हामीले नारा मात्रै लगाएका छैनौ काम पनि गरेको छौ । जातिय राज्य आदीवासी जनजातीको पक्षमा चर्का नारा लगाउने प्रचण्ड र केपी ओली जी अहिले एउटै पार्टीमा हुनुहुन्छ । सत्ता दुई तिहाईकोी माग सम्बोधन गर्छौ भनेको मैले नै २० बुँदे संझौता गरेको हो । संविधान संसोधन गर्नुछ भनेर कांग्रेसले नै भनेको हो । हामीले नारा मात्रै लगाएका छैनौ काम पनि गरेको छौ । जातिय राज्य आदीवासी जनजातीको पक्षमा चर्का नारा लगाउने प्रचण्ड र केपी ओली जी अहिले एउटै पार्टीमा हुनुहुन्छ । सत्ता दुई तिहाईको छ । हिजोका नारालाई आज के गर्नुहुन्छ हामी अहिले हरिरहेका छौ ।

कांग्रेसले कहिल्यै ढोंङको राजनीति गरेन् । आम जनतामा टिका बहिष्कारको आन्दोलन गर्ने अनि सवै भन्दा पहिले राजाको हातबाट टिका थाप्न जाने । मधेशमा सवैभन्दा ठुलो शत्रु केपी ओली हुने अनि सत्तामा केपी ओलीसंग घाँटी जोड्ने, यी सवै ढोंङ हुन । यस्तै प्रवृतिले गर्दा जनजाती आन्दोलन, मधेशको आन्दोलन पछि परेको हो ।   २००७ सालको आन्दोलन देखि नै कांग्रेसले समानताको आन्दोलन गरेको हो । हलो जोतेर २००७ सालको आन्दोलन सुरु भएको हो । जातिपाती नमानेर २००७ सालको आन्दोलन सुरु भएको हो । छोइछिटोको अन्त्यका लागि २००७ सालको आन्दोलन भएको हो । त्यसकारणले प्रजातन्त्र लोकतन्त्रमा सवैका अधिकार प्राप्त हुन्छन् । त्यही अधिकारी प्राप्तीको आन्दोलन त्यही समानताको आन्दोलन कांग्रेसले सुरुवात गरेको हो । आदीवासी जनजाती, मधेशी, महिला लगायत सवै अधिकारका आन्दोलन प्रजातन्त्रमा मुखरित हुने हो । पंचायतकाल भरि यी अधिकारका आन्दोलन मुखरित हुन सकेनन् । प्रजातन्त्र आएपछि अधिकारका आन्दोलन मुखरित भएका हुन् । अधिकारको आन्दोलन भनेको नै स्वतन्त्रता र समानताको आन्दोलन हो । आदीवासी जनजाती, मधेशी महिला दलित सवैले खोजेको स्वतन्त्रता हो सवैले खोजेको समानता हो । सवै माग भनेको कसैको थिचोमिचोमा नपरौ भन्ने हो । सवैको माग भनेको सवै स्वतन्त्र रुपले बाँचौ भन्ने हो । सवै जाति सवै भूगोल र सवै वर्गलाई देशमा संगै लैजान सकियोस भन्ने कांग्रेसको अभियान हो ।

कांग्रेस सवैको समानता सवैको स्वतन्त्रताको पक्षमा छ । त्यही भएर हामी नारा लगाएनौ काम गरिऔं । हाम्रो केन्द्रीय समिति अहिले पनि सवैको भन्दा समावेशी छ । कम्युनिष्टहरुले नारा मात्र लगाएका छन् कम्युनिष्ट पार्टीको संगठनको संरचना हेर्नुस कस्तो ग्रेस सवैको समानता सवैको स्वतन्त्रताको पक्षमा छ । त्यही भएर हामी नारा लगाएनौ काम गरिऔं । हाम्रो केन्द्रीय समिति अहिले पनि सवैको भन्दा समावेशी छ । कम्युनिष्टहरुले नारा मात्र लगाएका छन् कम्युनिष्ट पार्टीको संगठनको संरचना हेर्नुस कस्तो छ । तर कहिले काँही संवादको कमीले कहि अन्यौलता देखियोे होला । अभ्यास गर्दै जाँदा काँही समस्या देखियो होला मुल रुपमा कांग्रेस सवै जाति सवै भूगोल र सवै वग सवै धर्मलाई समानता र स्वतन्त्रता र अधिकारको पक्षमा छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २४ औं विश्व आदीवासी दिवसका अवसरमा काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमलाई सम्बोधनको संपादित अंश

प्रतिक्रिया दिनुहोस्

Recent Posts