Logo

पूर्वप्रधानमन्त्री लिएर मन्त्री महासेठ चाबहिल–बौद्ध सडक खण्डको अनुगमनमा



काठमाडौं । वर्षातको समयमा सवारी चल्न नसक्ने हिलाम्मे र घाम लागेको समयमा धुलाम्मे भएर मान्छे समेत आवत जावत गर्न नसक्ने चाबहिल–बौद्ध सडक खण्डको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले निररिक्षण गरेका छन् । स्थानीयवासीद्धारा धेरै गुनासो आएपछि महासेठ विहिवार सो सडक निरिक्षणमा पुगेका हुन् । उनको साथमा सत्तारुढ नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपाकै प्रदेशसभा सांसद रामेश्वर फुयाँल, सडकका उच्च अधिकारीहरु पनि थिए ।

मन्त्री महासेठले भने जनताको समस्या र पीरमर्का बुझेर सडक मर्मतको काम अघि बढाएको बताए । उनले भदौ १२ गतेपछि सडकमा कुनै खाल्डा नहरने ढंगबाट काम भइरहेको बताए ।

उनले भने– ‘भदौ १२ पछि सडकमा खाल्डाखुल्टी रहदैनन् । पिच गर्न त केही समय लाग्ला । खाल्डाखुल्डी सबै पुर्छौं ।’ मन्त्री सडकको निरिक्षणमा त्यो क्षेत्रका प्रदेश सांसद र पूर्वप्रधानमन्त्री नेपाल सहित पुगेपछि स्थानीयबासीहरुले पानी परेको बेला अनुमगनमा आउन भनेका छन् । तर मन्त्रीले आफु सडकको समस्या देखेर नै निरिक्षणमा आएको बताए

प्रतिक्रिया दिनुहोस्