Logo

अन्तराष्ट्रिय आदिवासी जनजाती दिवस मनाइदै



काठमाडौँ । अन्तराष्ट्रियआदिवासी जनजाति दिवस बिहीबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा रहेक वर्ष अगस्ट ९ का दिन यो दिवस मनाउने गरिएको छ।  संयुक्त राष्ट्र संघको आदिवासी जनजाति मामिला हेर्ने कार्यदलको पहिलो बैठक बसेको दिन अर्थात सन् १९८२ को अगस्ट ९ को दिनलाई नै आधार मानेर अन्तराष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउन थालिएको हो ।

सन् १९९४ को डिसेम्बर २४ मा संयुक्त राष्ट्रसंघको महासभाले निर्णय गरेअनुसार सन् १९९५ देखि यो दिवस मनाउने गरिएको छ । नेपालमा विभिन्न आदिवासी जनजाति संगठनहरुले आदिवासी दिवसको सन्दर्भमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएका छन् ।

आदिवासी जनजातिको सम्बन्धमा सन् १९८९ मा भएको पहिलो अन्तर्राष्टिय सन्धि आइएलओ–१६९ को धारा १ को उपधारा १ र २ का अनुसार आदिवासी जनजाति स्वतन्त्र देशका ती जाति हुन् जसको राष्ट्रिय समुदायको भन्दा अलग सामाजिक, सांस्कृतिक तथा आर्थिक अवस्था छ र जसको समाज पूरै वा आंशिक रुपमा आफ्नो परम्परा, रितिरिवाज र विशेष कानुन नियमहरुद्धारा परिचालित छ । नेपालमा पछिल्लो राष्ट्रिय जनगणना अनुसार १०३ भन्दा बढी जातजातिको अस्तित्व छ ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts