Logo

यस्तो छ, चलचित्र ‘गुनगुन’को काजु किसमिस भन्न आइटम गित



काठमाडौं । कात्तिक ३० गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘गुनगुन’ को आइटम गीत सार्वजनिक भएको छ । कलाकार पुकार भट्टराईको निर्माणमा तयार भएको चलचित्रको ‘काजु किसमिस’ बोलको गीतमा चन्दा दाहाल आइटम गर्लको रुपमा प्रस्तुत भएकी छिन ।

कमल पौडेलको शब्द, महाराज थापाको संगीत रहेको गीतमा स्वर सुनिता कार्कीले दिएकी छिन् । गीतको भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका छन् । चलचित्रको कथालाई अगाडि बढाउने भएकोले गीत महत्वपूर्ण रहेको निर्माण पक्षको भनाई छ ।

पुकार भट्टराईको निर्देशनमा तयार चलचित्रमा संचिता लुईंटेल, रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रमा हिमाल केसीको द्वन्द, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायांकन रहेको छ । अस्ट्रेलियामा सेप्टेम्बर ३० मा वल्र्ड प्रिमियर हुने प्रेम कथामा आधारित यस चलचित्रलाई उपत्यका बाहिर आर।आर फिल्म्स र उपत्यका भित्र सुनिल मानन्धरले वितरण गर्नेछन ।

भिडियाे :

प्रतिक्रिया दिनुहोस्