Logo

यु १५ साफ च्याम्पियन महिला फुटबल आजबाट भुटानमा



काठमाडौं । यु १५ साफ च्याम्पियन महिला फुटबल आजबाट भुटानमा शुरुहुँदै छ ।  प्रतियोगिता यो दोस्रो संस्करण हो । भुटानको थिम्पुमा आज हुने उद्घाटन खेलमा भारत र श्रीलंका भिड्दैछन् । यसैगरी दोस्रो खेलमा बंगलादेश र पाकिस्तान आमने सामनेहुने छन् ।

पहिलो संस्करणमा ४ टिमको सहभागिता रहेकोमा यसपटक ६ टिमको सहभागिता छ । यस पटक पाकिस्तान र श्रीलंका पहिलो पटक सहभागिता हुँदै छन् । नेपाल पहिलो संस्करणमा सहभागि भएपनि समूह चरणमा राम्रो प्रदर्शन गर्न सकेको थिएन् । नेपालले प्रतियोगिता अन्र्तगत शनिबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts