Logo

संसदमा दुब्लो प्रतिपक्षको वलियो भूमिकाको खोजी



नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको प्रधानमन्त्रित्वकालमा सम्पन्न संसदीय र प्रादेशिक निर्वाचनमा कांग्रेसको पराजय लोकतन्त्रवादीका लागि पीडाको विषय बनेको कुरा कसैबाट लुकेको छैन । इतिहासमै सबैभन्दा निराशाजनक चुनावी प्रदर्शन गरेको कांग्रेस संघीय संसद र केही प्रदेशमा प्रतिपक्षका रुपमा सीमित हुन पुग्यो । संघको कुरा त छोडौं कुनै प्रदेशमा पनि कांग्रेसले न त एकल न त गठवन्धनको सरकार बनाउन सक्यो । प्रतिपक्षी बन्यो त्यो पनि अत्यन्त दुव्लो । तर कुरा यहाँसम्म विग्रेको थिएन । कुरा त कहाँ विग्रने अवस्थामा पुगेको छ भने कांग्रेसले प्रतिपक्षको भूमिका त राम्ररी निर्वाह गर्न सकेको छैन नै पार्टीभित्रको व्यवस्थापन पनि सफलतापूर्वक गर्न सकेको छैन । निर्वाचनकालीन तुसहरु पालेर कांग्रेस आपसमा एकताको परिभाषा खोजिरहेको छ । यही अवस्थामा त्यो कति सम्भव छ ? कांग्रेसजनहरुले यसको अनुमान सहजै गर्न सक्छन् ।

नेपाली कांग्रेस देशको सबैभन्दा जेठो लोकतान्त्रिक पार्टी हो । कतिपय सन्दर्भमा कांग्रेस र लोकतन्त्रलाई एक अर्काको पर्यायका रुपमा पनि व्याख्या गर्ने गरिन्छ । हालका दिनमा यो व्याख्या कति ठीक हो भन्ने सन्दर्भमा वहस गर्न सकिएला तर यस पार्टीको इतिहास अध्ययन् गरेका खण्डमा माथिको व्याख्यालाई ठाडै अनुचित भन्न मिल्दैन । पछिल्लो दशकमा नेपालमा संसदीय पद्धति र जातीय तथा साम्प्रदायिक दृष्टिले अनेकथरि मुद्दा स्थापित भए वा गराइए । नेपाली कांग्रेस पनि त्यसबाट प्रभावित नभई रहन सकेन । वितेको दशकमा वैचारिक दृष्टिले नेपाली कांग्रेसले निकै आरोह—अवरोहको सामना गर्नुपरेको यथार्थ कसैबाट लुकेको छैन । विगतमा यस्तै आरोह—अवरोहको एक पडाव बन्न पुग्यो त्रिवेणी बैठक । हालको नेपाली राजनीतिको अवस्थालाई दृष्टिगत गर्ने हो भने त्रिवेणी वैठकको महत्व कालजयी थियो । वास्तवमा राष्ट्रियताको नयाँ मान्यता स्थापनासँग सम्बद्ध यो वैठकको सन्देश वर्तमानमा नेपाली राजनीतिका लागि निकै सामयिक बन्न पुगेको छ । तर यसको प्रतिपादक कांग्रेसका कार्यकर्ताहरु नै यतिखेर यो वैठकको निर्णय र महत्वबाट वेखवर छन् । यसको निक्ष्कर्षको कार्यान्वयन्को कुरा त परै जाओस ।
आफ्नो दर्शनको पक्षमा जनमत बनाउने र त्यसमा सबैलाई गोलबद्ध गर्दै अगाडी बढ्ने चरित्र नै लोकतान्त्रिक चरित्र हो । त्रिवेणी वैठकले आशा जगाएको थियो । ढिलै भए पनि कांग्रेसको इतिहासमा यो चरित्र देखिने सम्भावना थियो । तर हालको अवस्था हेर्दा कांग्रेसमा यसको रत्तिभर पनि प्रभाव अनुभूत गर्न सकिएको छैन । ०४६को आन्दोलनका क्रममा कांग्रेसले आन्दोलनको औपचारिक घोषणा गरिसकेपछि आन्दोलनमा सहभागी हुन आउने कम्युनिष्टहरुलाई कमाण्डर गणेशमान सिंहले भन्नु भएको थियो ‘तपाईहरु मिलेर आउनुस, सबै कम्यूनिष्टहरुसंग अलग अलग एकता गर्न सम्भव हँुदैन ।’ सिंहको यो आग्रहपछि नै संयुक्त बाममोर्चा बनेको थियो । त्यो मोर्चा कांग्रेसले लिएको तात्कालिक लक्षलाई स्वीकार्दै आन्दोलनमा सहभागी भएको थियो । आन्दोलनमा बाममोर्चा सहभागी हुँदा उनीहरुको कुनै छुट्टै एजेण्डा थपिएको होइन । कांग्रेसले आफ्नो यो बिशिष्ट चरित्रलाई जोगाउने मात्र होइन, अझ प्रखररुपमा विकसित गर्न सक्नुपथ्ंयो । तर पछिल्ला गतिविधि हेर्नै हो भने कांग्रेसले यसो गर्न सकेन । यस विपरित कांग्रेसले मुद्दागतरुपमा त्यही मोर्चाका सामु आत्मसमर्पण गर्यो र वामपन्थलाई लोकतन्त्र सुम्पियो । गणतन्त्र नेपालमा लामो समयसम्म सत्ताको बागडोर वामपन्थीहरुले समालेको पृष्ठभूमीमा देशको पुनर्संरचना गर्ने दायित्वका साथ सत्तमा आसिन विगतको निर्वाचनकालीन देउवा सरकारका सामु अत्यन्त महत्वपूर्ण अवसर थियो, देशलाई भावनात्मकरुपमा जोड्ने र समृद्धिको मार्गमा डोर्याउने । मधेशका असन्तुष्टिलाई सम्बोधन गर्न देउवाले नयाँ गोलवन्दी गर्न सक्नुपथर््यो । तर विडम्वना, सकिएन । मधेशमा व्यापक जनाधार भएको कांग्रेसले मधेशलाई आफ्नो आँखाले नहेरी मधेशकेन्द्रित दलको आँखा पैंचो लिएर हेर्ने प्रयास गर्यो, जुन गलत थियो र सारमा त्रिवेणी बैठकको भावनाको प्रतिकूल थियो ।
नेपाली कांग्रेसको इतिहासमा अत्यन्त महत्वपूर्ण मानिने त्रिवेणीको महासमिति बैठकपछि नेपाली कांग्रेस संसदीय पद्धतिको पक्षमा र जातीय विभाजनको विपक्षमा बलियो तथा प्रष्टसँग उभियो । महासमितिको बैठकको सबैभन्दा ठूलो उपलब्धि नै यही थियो । त्यसबेला राजनीतिक प्रस्तावलाई पुनर्लेखन गरी केन्द्रीय समितिमा पेश गर्नका लागि एउटा समिति बनाइएको थियो । तर यस समितिले के पुनर्लेखन गर्यो र त्यसपछिको केन्द्रिय समितिको बैठकले त्यससम्बन्धमा के निर्णय गर्यो भन्ने कुरा स्पष्टसँग आजसम्म जानकारीमा आएको छैन ।
लोकतन्त्रका आधारभूत सिद्धान्तहरुमा सम्झौता गर्दैनौ भन्ने कांग्रेस नेताहरुको भनाई कार्यान्वयन हुदैन की भन्ने चिन्ता व्यक्त भइरहेको सन्दर्भमा त्रिवेणी बैठक र त्यसपछिको कार्यदिशाले एक सकारात्मक संकेत दिएको थियो । वास्तवमा भन्ने हो भने कांग्रेसले अहिले त्यसैमा टेकेर आफ्नो गति निर्देशित गर्ने प्रयत्न गर्नुपर्ने हो । तर कांग्रेसमा त्यसको स्वीकारोक्ति छैन । कांग्रेसले यस तथ्यलाई स्वीकार गरेर आफूलाई निर्देशित गर्ने प्रयास गर्ने हो भने पनि वर्तमानमा कांग्रेसको सान्दर्भिकता बढन सक्छ । यतिमात्र होइन, यसपछि कांग्रेसलाई प्रतिपक्षको भूििमका निर्वाह गर्न पनि नयाँ ऊर्जा प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts