Logo

मापदण्ड मिचेर चलाए शाक्यले पोखरामा रिसोर्ट



पोखरा । पर्यटन ब्यावसायी कर्ण शाक्यले पोखराको फेवाताल किनारमा सञ्चालन गरेको वाटरफ्रण्ट रिसोर्टले फेवातालको मापदण्ड मिचेरको बताइएको छ । फेवातालको किनारमा शाक्यको वाटरफ्रण्ट रिसोर्टले फेवातालको मापदण्ड मिचेको उजुरी परेको थियो । सर्वोच्चमा मुद्धा नै परेपछि सरकारले कास्कीका प्रमुख नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा गठन गरेको थियो ।

समितिले छानविन तथा अनुसन्धान पछि दिएको प्रतिबेदनमा होटलका दुईवटा भवन मात्रै फेवाताल बाहिर रहको बताइएको छ । रिसोर्टका बाँकी सबै संरचना फेवातालको जग्गा अतिक्रमण गरेर बनाइएकोे प्रतिबेदनमा उल्लेख गरिउको छ । समितिले रिसोर्टले फेवाताल मिचेको निश्कर्ष निकाल्दै भत्काउन सुझाव समेत दिएको छ ।
प्रतिवेदनमा अनुसार शाक्यको होटलका अधिकांश संरचना फेतावालको ६५ मिटर क्षेत्रभित्रै बनेको पाइएको छ । पानी शुद्धीकरण गर्ने ट्यांक, स्वीमिङ पुल, शौचालय, ट्रस, बगौंचा, मुल गेट र पालेघर लगायतका संरचना तालको किनारामा बनेका छन । रिसोर्टले भूमिगत बाटोमा बगैंचा तथा त्यसभित्रको व्यक्तिगत बाटो बनाई भोगचलन गरेको प्रतिबेदनमा उल्लेखछ ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts