Logo

राष्ट्रकविका शब्द रहेको ‘कस्तो हुन्थ्यो’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको शब्दमा ‘कस्तो हुन्थ्यो’ बोलको गीत सार्वजनिक गरिएको छ । जुन गीतमा पारस नेपालको स्वर छ भने जुगल डंगोलले गीतमा संगीत भरेका छन् । गीत पारसको पछिल्लो एल्बम ‘धरोहर’ मा समेटिएको छ । डब्बु क्षत्रीले निर्देशन गरेको म्युजिक भिडियोमा वरिष्ठ रंगकर्मी वीरेन्द्र हमाल, राहुल श्रेष्ठ र सबिना कार्कीले अभिनय गरेका छन् ।

पारसले गाएका पाँच गीत समेटिएको ‘धरोहर’ राजधानीमा हालै विमोचन भएको हो । उक्त एल्बममा ‘गर्मी भयो रे भन्छन,’ ‘दायाँबायाँ बेतिथि छ,’ ‘सबै भन्छन् तिमीलाई’ र ‘तिमीले टेक्ने माटो उही’ लगायत गरी राष्ट्रिय भावनाका पाँच गीत छन् ।

क्षेत्र प्रताप अधिकारी, अमन मास्के, दिनेश अधिकारी र फूलमान वलले लेखेका यी गीत पनि जुगलले नै एरेन्ज र संगीतबद्ध गरेका हुन् । कान्तिपुर दैनिकमा कार्यरत पारस यसअघि पनि राष्ट्रिय भावकै गीतसहित स्रोतामाझ आएका थिए । ‘नालापानी कालापानी’ बोलको उक्त सिंगल ट्रयाकमा पारसकै शब्द र जुगलकै संगीत सुन्न सकिन्छ ।

भिडियो :

प्रतिक्रिया दिनुहोस्