Logo

आन्दोलनको अग्रमोर्चाका पोखरेल भन्छन ‘पाँच वर्षमा छत्रदेव मुलुककै अग्रमोर्चामा पुग्छ’



२०६२-६३ सालको आन्दोलनमा अग्रमोर्चामा रहेर चर्को नारा लगाउने नेपाल बिद्यार्थी संघका नेता लेखनाथ पोखरेललाई त्यही आन्दोलनका कारण आएको परिवर्तनले राजधानीमा नारा लगाउने होइन, आफ्नो जन्मभुमी फर्केर जन्मभुमी बनाउने अभिभारा सुम्पियो । २०६२-६३ सालको आन्दोलनका कारण संविधानसभाको चुनाव भयो । नयाँ संविधान अनुसार राज्यसंरचना बदलियो । अनि राजधानीमा बसेर नेपाल बिद्यार्थी संघको राजनीति मार्फत भविश्य खोज्दै गरेका पोखरेल स्थानीय चुनावमा नेपाली कांग्रेसका तर्फबाट अर्धाखाँचीको छत्रदेव गाउपालिकाको अध्यक्षका उम्मेदवार बने । जनताले युवा र उत्साही पोखरेलको मन मारेनन् । उनलाई गाउपालिकाको अध्यक्ष बनाए । छत्रदेवबासीले लेखनाथलाई अध्यक्ष बनाए । अहिले उनी छत्रदेव बनाउने अभियानमा लागेका छन् ।

आन्दोलनमा अग्रमोर्चामा रहने पोखरेल संभवतः देशभरका स्थानीय तह मध्ये सवैभन्दा उत्कृट बनाउने अभियानमा छन् । पोखरेलले छत्रदेव गाउपालिकाका सवै घरलाई खरको छानामुक्त बनाउने र सवै बिद्यालयलाई अंग्रेजी माध्याममा पढाउने अभियान थाले । जम्म ७ हजार ९२ घरधुरी मध्ये ३ सय ३७ घरमा उनले जस्तापाता लगाए । अहिले दलित बस्तीका सवै घरमा सोलर जडान गरेका छन् ।  ३८ वटा बिद्यालयलाई अंग्रेजी माध्याममा पढाई सुरु गरेका छन् । उनले अंग्रेजी माध्यममा पढाई सुरु गर्नका लागि स्थानीय शिक्षकलाई तालिम दिए । उनले भने–‘अहिले एक कक्षामा अंग्रेजी माध्यममा पढाई सुरु भएको छ । अब अर्को शैक्षिक सत्रमा २ अनि अर्कोमा ३ गर्दै सम्पुर्ण बिद्यालयमा अंग्रेजी माध्यममा पढाइ सुरु गर्ने हो ।’ छत्रदेव गाउपालिकामा माध्यामिक बिद्यालय ८ वटा छन् । निम्न माध्यामिक बिद्यालय ९ र २१ प्राथमिक बिद्यालय छन् । दुई बहुमुखी क्याम्पस र दुई प्राविधीक शिक्षालय रहेको पोखरेलले बताए । उनले गाउपालिकाको अध्यक्ष भएपछि ४८ वटा बाल शिक्षालयलाई मन्टेश्वरी जस्तै बनाए र सवै बिद्यालयमा जंग फुडलाई प्रतिबन्ध लगाएका छन् । गाउपालिकामा दुईवटा एम्बुलेन्स लगे भने सवै स्वास्थ्य चौकीबाट बृद्धा बृद्धलाई भत्ता वितरण गर्दा निशुल्क स्वास्थ्य जाँच र निशुल्क औषधी वितरण गर्ने गरेका छन् ।

यसरी सामाजिक सुरक्षामा खर्च बढाउदा पनि उनले गाँउपालिकाको विकास वजेटमा तलमाथि बनाएका छैनन् । उनले भने– ‘हामीले विकास वजेट कटौती गरेर खर्च गरेका छैनौ । मैले गाउपालिकाबाट गाडि सुविधा लिएको छैन । भत्ता लिएको छैन् ।’ उनले त्यती गर्दा पनि विकास वजेट खर्च हुने देखेपछि गाउपालिकाबाट कर उठाउने सोच बनाए । कर उठाउन पनि उनले नौलो योजना बनाएको बताए । गाउपालिकासंग नाता जोड्न सवै साना ठुला व्यवसायीलाई आग्रह गरे । उनले कर उठाउने योजना सुनाए–‘मैले सवै वडामा पुगेर सवै व्यवसायीलाई गाउपालिकसंग नाता जोड्न भने । ती व्यवसायीलाई भोली भवितप्य परेको बेलामा गाँउपालिकाले सहयोग गर्छ भन्ने विश्वास दिलाउन दैवि प्रकोप कोष बनाए । सवै व्यवसायीलाई गाउपालिकासंग कर तिरेर नाता जोडे भवितप्यमा सहयोग गर्ने विश्वास दिलाए ।’

शिक्षा, स्वास्थ्य र कर उठाउने योजना मात्रै होइन भौतिक विकासमा पनि उनले जनताको विश्वास जितेका रहेछन् । उनले गाउपालिकाका सवै वडालाई सडकले जोड्ने योजना अनुसार काम सुरु गरेका छन् । वातावरण जोगाउनका लागि गाउपालिकामा १०० वटा बोधिचित्तका विरुवा रोपेका छन् । रमाइलो कुराकानीमा गाँउपालिकाका अध्यक्षहरुले बादर धपाउन वजेट विनियोजन गरेको विषय उठाउदा उनले भने–‘गाँउमा बाँदर ठुलो समस्या भएको बताए । तर बाँदर धपाउनका लागि वजेट विनियोजन गर्ने नभई बाँदरको उचित व्यवस्थापन आवश्यक छ ।’ बाँदर बिषेशज्ञ मुकेश चालिसेलाई गाँउमा लगेर बाँदरको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा गाँउलेसंग अन्तरक्रिया गरेर बाँदरको समस्या समाधान गर्ने पोखरेलले योजना सुनाए ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts