Logo

पाकिस्तानमा बस र ट्यांकर ठोक्किँदा १८ जनाको मृत्यु



पेशावर । पाकिस्तानको दक्षिण पश्चिममा यात्रुबाहक बस र एउटा तेल ट्याङ्कर जुध्दा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रहरी अधिकारी एजाज खानले बताएका छन् ।

४८ जना यात्रु बोकेर कराँचीतर्फ गइरहेको बस कोहाट सहरनजिक ट्यांकरसँग ठोक्किएको थियो । इन्धन बोकेको ट्यांकरमा भने आगलागी नभएको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनका विषयमा छानबिन सुरु गरेको छ ।

पाकिस्तानमा सडकको दुरवस्था, सवारी साधनको नियमित जाँच नहुने र जथाभावी ड्राइभिङका कारण बर्सेनि ठूलो संख्यामा सवारी दुर्घटना हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्