Logo

भेनेजुएलाका राष्ट्रपतिमाथि ड्रोन आक्रमण



काठमाडाैं । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथि ड्रोन आक्रमण भएको छ।  भेनेजुएलाको सेनाको ८१ औं वार्षिकोत्सवका अवसरमा राजधानी काराकासमा गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला राष्ट्रपति मदुरोमाथि विस्फोट हुने ड्रोन आक्रमण भएको हो। यो कार्यक्रम टेलिभिजनबाट प्रत्यक्ष प्रसारणसमेत भइरहेको थियो। सम्बोधन गरिरहेका बेला कार्यक्रमस्थलमा एक्कासी दुई वटा ड्रोन अाएपछि राष्ट्रपतिसहित त्यहाँ उपस्थित भएकाहरुले माथितिर हेर्न थालेका थिए।

यसै क्रममा ठूलो आवाज सुनिएको थियो। ड्रोन आक्रमणपछि ठूलो संख्यामा सैनिकहरु भाग्दै गरेको दृश्य देखिएको थियो। ड्रोन आक्रमणमा परेर सात जना सैनिक घाइते भए पनि राष्ट्रपति भने सकुशल रहेको अधिकारीहरूले जनाएका छन्। भेनेजुएलाका सञ्चारमन्त्री जर्ग रोड्रिग्जले राष्ट्रपति मदुरोको हत्याको प्रयास भएको आरोप लगाए।

उनले घटनामा सात जना सैनिक घाइते भएको जानकारी दिए। घाइते सैनिकहरूको उपचार भइरहेको छ। घटनापछि सुरक्षाकर्मीले अनुसन्धानलाई तीव्रता दिएका छन्। आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन।

प्रतिक्रिया दिनुहोस्

Recent Posts