Logo

स्याङ्गजालीहरुले अमेरिकामा गठन गरे स्याङ्गजा समाज



अमेरिका ।  अमेरिकामा बसोवास गर्ने स्याङ्गजालीहरुले स्याङ्गजा समाज अमेरिका गठन गरेका छन् ।  जन्मथलोको बिकासका लागी स्याङ्गजा करेण्डाडाका बिरेन्द्रजंग के सीको अध्यक्षतामा तदर्थ समिति गठन गरेको समाजको उपाध्यक्ष बिमला हमाल श्रेष्ठले जानकारी दिनुभयो । नेपालमा बालिङ्गमा घर भै हाल अमेरिकामा बसोवास गर्ने श्रेष्ठले शिक्षा,सभ्यता,प्रसाशन,प्राकृतिक स्रोत साधनको बिकास सगै जन्मथलोको त्यो मान,शान र गरिमाको बढाउने उद्धेश्य स्थापना गरेको बताएकी छन् । समाजको सचिवमा ज्ञान के सी( भिरकोट बयरघारी), कोषाध्यक्ष पार्वती गुरुंग (माझकटेरी) र सदस्यहरुमा बिमला गुरुंग (लुंखु देउराली),शिब के सी (करेन्डाडा ),अरुण क्षत्री (सेतीदोभान),केदार चापागॉई (सातुपसल),खड़क जंग गुरुंग (फेदीखोला),ध्रुव अर्याल (हरिपाला),सोनम गुरुंग (पौवै गौडे) रहेका छन् । त्यसैगरी सल्लाहकारमा श्यामकाजी गुरुग (माझकटेरी),लिल ब मल्ल(बानेथोक भिरकोट),बिरेन्द्र गुरुग (दरौ सिरवारी)रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्