Logo

कक्षा १२ को नतिजा आज सार्वजनिक हुने



काठमाडौं । कक्षा १२ को नतिजा बिहीबार सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । बोर्डले बुधबार नतिजा सार्वजनिक गरिने बताएको थियो ।

तर, प्राविधिक समस्याका कारण बुधबार नतिजा सार्वजनिक गर्न नसकेको वोर्डले बिहीबार सार्वजनिक गर्ने तयारी गरेको हो । गत वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षामा करिब चार लाख विद्यार्थी सहभागी छन् । यस पटक नियमित परीक्षार्थीको अक्षरांकमा र आशिंकको नम्बरमा नतिजा प्रकाशित गरिने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्