Logo

जनसम्पर्क समिति कतारको दुतावासमा विरोधपत्र



दोहा । नेपाली जनसम्पर्क समिति कतारले आज नेपाली कांग्रेससको आन्दोलनप्रति ऐक्यवद्धता जनाउदै नेपाली दुतावासमा विरोध पत्र बुझाएको छ । नेपाली कांग्रेसले आज देशभर सरकारको अधिनायकवादी शैलीको विरोध गर्दै विरोध प्रर्दशन तथा विरोध सभा गरेको थियो ।

कांग्रेसका भ्रातृ संस्था जनसम्पर्क समितिले विश्वभर प्रर्दशन गर्ने निर्णय गरेका थिए । यही कार्यक्रम अन्तरगत कतार स्थित नेपाली दुतावासमा विरोध पत्र बुझाएको नेपाली जनसम्पर्क समितिका कार्यबहाक अध्यक्ष शंकर न्यौपानेले जानकारी दिए ।

नेपाली कांग्रेसका विभिन्न गतिविधी सक्रिय रुपमा गरिरहेको नेपाली जनसम्पर्क समिति कतारले सरकार विरुद्धको कांग्रेस विरोध प्रर्दशन प्रति ऐक्यवद्धता जनाउदै दुतावासमा विरोधपत्र बुझाएको हो । दुतावास पुगेर राजदुत डा रमेश कोइरालालाई विरोध पत्र बुझाउने कार्यक्रममा समितिका सहमहामन्त्री केदार भुषालले विरोध पत्र पढेका थिए । सो कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा सचिव केशव रिजालको समेत सहभागिता थियो ।

कार्यबहाक सभापति न्यौपानेले विरोधपत्र बुझाउदै सरकारले आफुलाई सच्याउनुपर्ने बताए । उनले सरकारलाई दुई तिहाईको दम्भ त्याग्दै संविधानको कार्यान्वयनमा प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts