Logo

चिकित्सकलाई तोकिएको कार्यक्षेत्रमा जान स्वास्थ्यमन्त्री यादवको निर्देशन



काठमाडौं : उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले कार्य क्षेत्रमा जान चिकित्सकहरुलाई निर्देशन दिएका छन् । काठमाडौं बाहिरका अस्पतालहरुमा चिकित्सकहरु नजाने गरेको भन्दै उनले खटाएको ठाउँमा जान सचेत गराए । वीर अस्पतालको १२९ औं वाषिर्कोत्सवको अवसर पारेर शनिबार आयोजित कार्यक्रममा मन्त्री यादवले वीरका चिकित्सकहरुलाई तोकिएको अवधिभर डयूटी गर्न निर्देशन दिए ।

उनले वीर अस्पतालका वरिष्ठ चिकित्सकहरुलाई तोकिएको अवधिभर डयूटी गर्न पनि निर्देशन दिए। वीर अस्पतालका वरिष्ठ चिकित्सकहरुले अस्पतालमा पर्याप्त समय नदिने गरेको जनगुनासो आइरहेको उल्लेख गर्दै ‘डयूटी आवर’ भित्र अस्पतालकै सेवामा रहन सचेत गराएका हुन् ।

मन्त्री यादवले चिकित्सकहरुको पहिलो कर्तव्य उपचार भएकाले त्यसलाई पूरा गर्न प्रतिवद्धताका साथ अघि बढ्नुपर्नेमा जोड दिए। उपप्रधानमन्त्री यादवले शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यापारको रुपमा नभई सेवाको क्षेत्रको रुपमा विकास गर्न लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts