Logo

हेर्नुहोस् बानेश्वरको प्रदर्शनमा कसरी भएको थियो झडप (भिडियो)



काठमाडौं । डा गोविन्द केसीको समर्थनमा निकालिएको र्‍यालीमा प्रहरीले बल प्रयोग गरेको छ । माइतीघर मण्डलाबाट सुरु भएको र्‍याली नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएपछि प्रहरीले हस्तक्षेप गरेको हो । नयाँ बानेश्वर क्षेत्रमा कोणसभा चलिरहेपनि बबरमहल क्षेत्रमा रहेका आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो । आन्दोलनकारीलाई तितरवितर पार्न प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको थियो ।

अश्रु ग्यास र ढुंगा हानहानमा परी इन्स्पेक्टरसहित केही आन्दोलनकारी घाइते भएको बताइएको छ । ढुंगा प्रहारबाट सडक छेउमा पार्किङ गरिएका केही सवारी साधनमा समेत क्षति पुगेको छ । २२ दिन देखि अनसनरत डा केसीको जीवन रक्षा र मागको सम्बोधनका लागि दबाव दिन आज विशाल प्रदर्शन गरिएको हो ।

हेर्नुहोस् भिडियो :

दृष्य सौजन्य : एभिन्युज टेलिभिजन

प्रतिक्रिया दिनुहोस्