Logo

अनशनरत डा. केसीसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली



काठमाडौं । अनशनरत डा गोविन्द केसीसँग वार्ता गर्नका लागि सरकारले वार्ताटोली गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा केसीसँग वार्ता गरी समस्या समाधान गर्नका लागि शिक्षा सचिवको नेतृत्वमा स्वास्थ्य र गृहका सहसचिव रहेको तीन सदस्यीय वार्ता टोली गठन गरेको र यसले चिकित्सा शिक्षा विधेयबारे पनि कुरा हुने सरकारका प्रवक्ता तथा सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

१७ दिनदेखि जुम्लामा अनसनरत डा केसीको स्वास्थ्य अवस्था गम्भिर बनेको छ। सेप्सिसको उच्च जोखिममा रहदै आएका डा केसीको स्वास्थ्य अवस्था गएरातिबाट अचानक थप जटिल बनेको छ ।

रातको २ बजे आसपास अचानक छातीमा असह्य पिडा र सास फेर्न गाह्रो  भएपछि डा. केसीले सहयोगका लागि आग्रह गरेका थिए । सो अवस्थामा मेडिकल टिमले जाँच गर्दा,  रगतमा अक्सिजनको मात्रा ६०, श्वासप्रश्वासको गति ४० र मुटुको गति १२० को हाराहारीमा पुगेको थियो ।

गएराति बाटै डा केसीको इसिजिमा एक्टोपिक बिट्सहरु देखिन थालेको छ । रगतमा इलेक्ट्रोलाइट्सहरुको घटबढ भएपश्चात मुटुको चालमा परिवर्तन भइ यसकिसिमका एक्टोपिक बिट्सहरु देखिने उपचारमा संलग्न चिकित्सक बताउँछन् । १७ दिनपछि बल्ल सरकारले वार्ता टोली गठन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts