Logo

मेगा बैंकको ७ औं साधारणसभा आज



काठमाडौं : आज असार २९ गते शुक्रबार मेगा बैंक लिमिटेडको ७ औं साधारणसभा हुने भएको छ । मेगा बैंक र टुरिजम बैंक गाभिएर संयुक्त कारोबार भइ जेठ २९ गते बसेको संचालक समितिको बैठकबाट १० दशमलव ७५ प्रतिशत अर्थात ९९ करोड ८६ लाख ९५ हजार १५३ दशमलव १२ रुपैयाँ बोनस शेयर वितरण गर्न बैंकको वार्षिक साधारण सभाबाट पारित गर्ने निर्णय गरेको हो ।

साधारणसभाको लागि शेयर दाखिल खारेज असार १५ गते एक दिन कार्य बन्द गर्ने भएको हो । यी दुई बैंक मर्ज भएपछि चुक्ता पुँजी ९ अर्ब २८ करोड ६८ लाख ३१ हजार ३७९ रुपैयाँ पुगेको छ । लगानीकर्ताले अब यही पुँजीबाट १०.७५५ बोनस शेयर पाउनेछन् । बोनसपछि मेगाको चुक्ता पुँजी अझै माथि जानेछ ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts