कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै


सुर्खेत ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री कँडेलले आज अपरान्ह ३ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने छन् ।

विश्वासको मत लिनु मूख्यमन्त्री कँडेलले माओवादी केन्द्रका रणसिंह परियारलाई बिना विभागीय मन्त्री बनाएका छन् ।

चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले नेता कँडेलले गठबन्धनमा रहेका दलहरुबीच सहमति जुट्न नसक्दा अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

४० सदस्यीय प्रदेश सभामा सत्ता गठबन्धनमा एमालेका १०, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका एक सांसद रहेका छन् । त्यस्तै कर्णालीमा कांग्रेसका १४, राप्रपा र स्वतन्त्रका एक एक सांसद रहेका छन् ।