सलमान खानको घरमा गोली प्रहार गर्नेको नाम सार्वजनिक

सलमान खानको घरमा गोली प्रहार गर्नेको नाम सार्वजनिक


दिल्ली । बलिउड अभिनेता सलमान खानको घरबाहिर गोली चलाउने र गोली चलाउन लगाउने व्यक्तिको बारेमा जानकारी पाएको दाबी भारतीय प्रहरीले गरेको छ।आइतबार अभिनेता खानको मुम्बईको बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली प्रहार भएको थियो। दैनिक भाष्करका अनुसार गोली चलाउने व्यक्तिको पहिचान भएको हो। गोली चलाउने जिम्मा लरेन्स ग्याङका अनमोल बिश्नोई, गोल्डी बरार र रोहित गोदाराले लिएका छन्।

सलमानको घर बाहिर गोली चलाउने व्यक्ति कालु ९​​विशाल राहुल० हुन्, जो रोहित गोदारा गिरोहका हुन्। मुम्बईमा सलमानको घर अगाडि भेटिएको सीसीटीभी फुटेजमा देखिएका व्यक्तिको अनुहारसँग सुटर कालुको अनुहार मिल्छ। सलमानको घर बाहिर कालुले गोली चलाएको आशंका छ। यसअघि आइतबार एक फेसबुक पोस्टमा अमेरिकामा लुकेर बसेका ग्याङ्गस्टर अनमोल बिश्नोईले पुरानो दुश्मनीका कारण सलमान खानको घरमा गोली चलाएको लरेन्स बिश्नोई गिरोहले गरेको स्वीकार गरेका थिए। सुरुमा प्रहरीले पनि यो फेसबुक पोस्टलाई गम्भीरताका साथ लिएको थिएन, तर सीसीटीभी फुटेजमार्फत गोली प्रहार गर्नेहरूको अनुहार खुल्नेबित्तिकै सबै खुल्न आएको हो।

यसैबीच, सोमबार यो मुद्दा मुम्बई अपराध शाखामा हस्तान्तरण गरिएको थियो। अपराध महाशाखाका १० टोली यस घटनाको अनुसन्धानमा व्यस्त छन्। प्रहरीले यस घटनामा दुई दर्जनभन्दा बढी सीसीटीभी फुटेज जाँच गरेको छ ।