रूस र काजाकिस्तानमा भिषण बाढी, २ लाखबढी विस्थापित

रूस र काजाकिस्तानमा भिषण बाढी, २ लाखबढी विस्थापित


एजेन्सी ।

युराल नदीमा पानी बढेपछि रुस र काजाकिस्तानका सहर र सहरहरू बुधबार डुबानमा परेका छन् ।

जसका कारण एक लाखभन्दा बढी मानिसले क्षेत्र छाड्नुपरेको थियो । रुसको एरेनबर्ग सहरका धेरै भाग पानीमा डुबेका छन् । यसैबीच कजाकिस्तानमा आएको बाढीका कारण ९७ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

मस्कोबाट १२०० किलोमिटर पूर्वमा रहेको ५५०,००० मानिसको सहर एरेनबर्गमा सयौं घर डुबानमा परेका छन् । उराल नदी खतरनाक तहमा तीव्र गतिमा बढ्दै गएपछि कम्तीमा ७ हजार ७ सय मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । सहर नजिकका क्षेत्रहरु पानीमा डुबेको देखिन्छ ।

कुर्गनबाट ४५ सय जना मानिस विस्थापित भएका छन भने अझै हजारौंलाई सुरक्षित स्थानमा सार्नु पर्ने आशंका गरिएको छ। एरेनबर्गमा बसोबास गर्ने मानिसले यस्तो डरलाग्दो अवस्था पहिले कहिल्यै नदेखेको बताउँछन् । यस्तो बाढी यहाँ पहिले भएको थिएन। रुसी अधिकारीहरूले भने कि १०,००० भन्दा बढी घरहरू बाढीमा परेका थिए, तीमध्ये अधिकांश एरेनबर्ग क्षेत्रमा थिए ।