Logo

आफ्नै भाइको हत्या गरेर प्रहरीसमक्ष आत्मसमर्पण



रुकुम : अशंको विवादमा एक युवकले भाईको हत्या गरेका छन् । रुकुम(पश्चिम) बाँफिकोट गाउँपालिका वडा नम्बर ६ मग्मा स्थित डिल्ली पुनको घरमा आठबिसकोट ठुली वार्खु बस्ने बर्ष ५२ को रुद्रे पुन मगरले भाई  जोख बहादुर भन्ने ईन्द्रे पुन मगरको हत्या गरेका हुन् । सुतिरहेको अवस्थामा दाउराले टाउकोमा हानेर उनले हत्या गरेका हुन् ।

अशं बण्डासम्बन्धि कामको शिलशिलामा खलंगा गई घर फर्कने क्रममा बेलुका भएपछि उनीहरु त्यहाँ बास बसेका थिए । उनीहरुबीच अदालतमा अंश बण्डाको मुद्दा  चलेको थियो । सोही विवादमा बिहिबार बिहान ३ बजे उनले भाईको हत्या गरेका हुन् । हत्यापछि उनी आफैं जिल्ला प्रहरी कार्यालय रुकुममा उपस्थित भएका थिए । उनलाई कर्तव्य ज्यान मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्