नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’बीच हुने सिरिजको नयाँ तालिका सार्वजनिक

नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’बीच हुने सिरिजको नयाँ तालिका सार्वजनिक


काठमाडौँ ।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको नयाँ तालिका सार्वजनिक गरेको छ ।

आजको लागि तोकिएको टी-२० सिरिजको पहिलो खेल बर्षाले हुन नसकेपछि क्यानले नयाँ तालिका सार्वजनिक गरेको हो ।

नयाँ तालिका अनुसार अब नेपाल ए ले मार्च  २९, ३० र अप्रिल १ मा आयरल्याण्ड वोल्भ्ससँग टी-२० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

टी-२० सिरिज खेल्ने नेपाली ए टिम :

विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।

यस्ताे छ नयाँ तालिका :