लोडसेडिङ हुन्छ भन्ने हल्ला ‘हल्ला’ मात्रै होः ऊर्जामन्त्री बस्नेत

लोडसेडिङ हुन्छ भन्ने हल्ला ‘हल्ला’ मात्रै होः ऊर्जामन्त्री बस्नेत


काठमाडाैं ।

ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको भनेर हल्ला गरिएको विषय सही नभएको बताएका छन्।

बुधबार प्रतिनिधि सभाको अर्थ समिति बैठकमा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन्। उनले नागरिकहरूले लोडसेडिङको समस्या झेल्नु नपर्ने बताएका छन्।

भारतसँग विद्युत आयात सम्बन्धी अनुमति नवीकरणको प्रक्रियामा रहेकाले विभिन्न सञ्चारमाध्यममा आएका समाचार सत्य नभएको उनको भनाइ छ।

‘बिजुली ल्याउन हरेक वर्ष अनुमति नवीकरण गर्नुपर्छ। अप्रुभको प्रक्रिया अघि बढेको छ। मिडियामा आएका हल्ला सत्य होइन,’ उनले भने।

भारतबाट बिजुली आयात गर्ने अनुमति नवीकरण भएको छैन। यसबाट लोडसेडिङको जोखिम बढ्ने हो कि भन्ने प्रश्न उठिरहेको छ।

नेपालले भारतको डे अहेड बजारबाट बिजुली खरिद गर्दै आएको छ। यो बजारबाट बिजुली खरिदका लागि नेपालले २०७८ वैशाखमा अनुमति पाएको थियो।

पाँच वर्षका लागि भएको उक्त अनुमति हरेक वर्ष नवीकरण हुँदै आएको छ। पछिल्लो समय भने तीन महिनादेखि नवीकरणका लागि आग्रह गरिए पनि अनुमति नपाएकाे अधिकारीहरूले बताएका छन्।