Logo

ग्रहले दिएन बाबुराम भट्टराईलाई सँधै असफल



ज्यो.  महेन्द्र भण्डारी
विषय सन्दर्भ
बाबुराम भट्टराईको जन्म मिति २०११ असार ४ गते हो । उनको जन्मसमयका बारेमा विभिन्न चर्चा भएपनि विहानको ९ बजेर २० मिनेटको समय अधिकारिक मानिन्छ । यसअनुसारका उनका जीवनमा घटेका घटना मिल्न जान्छन् । भट्टराईको कुण्डलीमा कर्कट लग्न परेको छ । उनको कुण्डलीमा सूर्य, बुध, वृहस्पति र केतु जस्ता ग्रहहरु मिथुन राशिमा १२ औँ भावमा बसेका छन् । यसका आधारमा हेर्दा उनी निकै बौद्धिक व्यक्तित्व मानिन्छन् । उनको कुण्डलीमा शनि तुलाराशिमा चतुर्थभावमा बसेका छन् यो पनि निकै अनुकूल योग हो । यस आधारमा हेर्दा उनी वस्तवमै ज्यादै विलक्षण मस्तिष्क भएको व्यक्ति मानिन्छन् । उनी निकै कडा र डरलाग्दा विषयमा पनि काम वा जोखिम उठाउन सक्ने क्षमताका व्यक्ति रहेका छन् । उनी विज्ञान, दर्शन, समाजशास्त्र, अर्थशास्त्र, राजनीति, मनोविज्ञानमा रुची राख्ने व्यक्ति देखिन्छन् । यो त उनको कुण्डलीमा भएको सकारात्मक पक्षका कुरा भए ।

राजनीतिक तथा वैचारिक गतिशीलता
वास्तममा कुण्डलीअनुुसार पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई गतिशील स्वभावका मानिस हुन् । उनी आफू देश र समाजका लागि राम्रा निर्णय गर्छन् त्यसपछि केही समयपछि त्यसलाई गल्ती भन्छन् र सच्याउन थाल्छन् । त्यो राम्रो कुरालाई पुनः सच्याउन थाल्छन् यो उनको जीवनको दुर्घटनाको बाटो हुन्छ । उनको कुण्डलीको षण्ठम् भावमा चन्द्रमा, मंगल र राहुुसँगै छन् । चन्द्रमा ज्यादै कमजोर छ । यसले गर्दा वास्तममा उनी कसैलाई विश्वास गर्दैनन् । उनीसँधै मानसिक रुपमा पिडीत नै रहन्छन् । उनी बैचैनीवाला मानिस हुन् ।

उनी परिवारमा पनि गुपचुप बस्छन् । सबैलाई शंकाको दृष्टिले हेर्छन् । उनी राम्रा कुरा सोच्छन् तर उनी त्यो कुरामा अडिग हुन सक्दैनन् । उनी स्वपीडित मनोविज्ञान भएका मानिस हुन् । उनको बुद्धि ज्यादै शक्तिशाली छ । उनी बहुमखी प्रतिभाका धनी छन् तर उनको कमजोरी भनेको विचारको गतिशीलता नै हो । उनले हाल आएर म विचरधारामा स्थिर भए भने पनि उनी स्थिर भएका छैनन् ।

उनको कुण्डलीमा शनि निकै शक्तिशाली भएर बसेका छन् भने चन्द्रमा र राहुसँगै छन् । त्यसैले उनी द्वन्द्वात्मक राजनीतिक सिद्धान्तमै विश्वास गर्छन् । उनी उनी द्वैध चरित्र भएको मनिस हुन् । त्यसैले अफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्न जो वा जस्तोसुकै व्यक्तिसँग पनि सम्झौता वा समन्वय गर्न सक्छन् । त्यसैले उनीप्रति हत्तपत्त विश्वास गर्नु पनि घातक बन्छ ।

घटनाक्रम वा गोचर
भट्टराईको लग्न कुण्डलीमा शुक्र बसेका छन् । त्यसैले उनको जीवन पनि निकै उचार चढाव ग्रस्त नै भएर नै चल्छ । उनको कुण्डलीअनुसार २०१९ सालदेखि २०२५ साल चैत्रसम्म चन्द्रमाको ग्रहदशा चलको पाइन्छ । यसबेला उनी निकै तेज बुद्धिका व्यक्ति रहे । उनको कुण्डलीमा २०२६ सालबाट मंगलको दशा चल्यो यससमयमा उनी एस.एल.सी. परीक्षामा उन बोर्ड प्रथम हुनुका साथै पढाइसँग सँगै राजनीति तिर लागे । २०३० सालसम्म पनि उनमा राजनीतिक स्थिरता देखिएन । यो क्रम २०४२ सालको कार्तिक सम्म पनि जारी रह्यो ।

उनको कुण्डलीमा २०३० साल कार्तिक २७ बाट २०४२ साल कार्तिक २७ सम्म उनको राजनीतिक यात्रा त्यति प्रस्ट भएन । तर २०४५ साल पछि भने २०५१ सालसम्म उनी केही परिवर्तनका लक्षण देखिएको पाइन्छ । वास्तवमा २०४२ देखि २०५१ साल सम्मको समयावधिसम्म उनको राम्रो समय थियो । यो समयमा उनी अफ्नो वास्तविकतामा चलेको पाइन्छ । तर उनको कुण्डलीमा २०५१ मंसिर ८ उनको कुण्डलीमा शनिको दशा चलेको पाइन्छ । वास्तवमा उनले २०५१ देखि २०६२ सम्म उनमा शनिको दशा गलेको देखिन्छ त्यसैले उनले युद्धको बाटो रोजेको देखिन्छ । उनको कुण्डलीमा हेर्ने हो भने यो नेपालको १० वर्षे जनयुद्ध पनि उनकै भिजन अनुसार भएको देखिन्छ । उनको कुण्डलीमा शनि उच्च भएका करणले उनी लडाकु स्वभावका बनेका हुन् । यो पनि छोटो सयमका लागि देखिएको प्रवृत्ति हो ।

२०५१ सालमा उनलाई बृहस्पतिको महादशामा राहुको अन्तर्दशा सुरु भएको पाइन्छ । त्यसैबीचमा बिसं २०५१ सालमा नेकपा (एकता केन्द्र) बिभाजन भई नेकपा(माओवादी) गठन भएपछि भट्टराई सो पार्टीको शीर्ष नेतृत्वमा पुगेको देखिन्छ । त्यसपछि उनी २०५२ साल फागुन १ गते जनयुद्ध शुरु हुनुभन्दा केही दिनअघिदेखि भूमिगत भए । शनिको समय चल्नाले उनी युद्धका बेला पनि पटक पटक मारिनबाट जोगिए । वास्तमाब उनको कुण्डलीमा बुध शक्तिशाली थिएनन् भने युद्धकै समयमा मारिइ सक्थे ।

उनको कुण्डलीमा २०६४ साल असार २२ पछि उनको ग्रहदशामा सुधार आएको देखिन्छ । २०६३ मंसिर ५ गते वृहद् शान्ति सम्झौतामा हस्ताक्षर भएपछि उनको जीवनको निकै राजनीतिक उत्कर्षताको समय सुरु भएको र देखिन्छ र यस क्रममा २०६४ साल चैत्र २८ गते नेपालमै पहिलोपल्ट संविधानसभाको निर्वाचनमा देशमै सबैभन्दा बढी मत ल्याएर विजयी भए । त्यसपछि उनी भ्रमरीको महादशाअनतर्गत सिद्धा चलेको बेलामा २०६५ भदौ ५ गते गठित संयुक्त सरकारमा अर्थमन्त्री बन्न सफल भए तर पनि यो पद भ्रमरीको महादशामा प्राप्त भएकाले उनी त्यति लामो समय समम टिक्न सकेनन् ।

त्यसपछि उनी भद्रिकाको महादशमा भद्रिकाकै अन्तर्दशा चलेको बेला ३५ औं प्रधानमन्त्री (नेपाल) पदमा भाद्र ११, २०६८ बहाल भए तर २०६९ माघ २३ भद्रिकाको दशामा संकटाको अन्तर्दशा सुरुभएकाले ३१ फागुन २०६९ मै उनको पद गुमेको देखिन्छ । त्यसपछि २०७२ साल साउन २२ गते सम्म पनि उनको कुण्डलीम राम्रै भए पनि त्यस पछिको यात्रा अधोगतिमा चलेको देखिन्छ ।

यही क्रममा २०७२ असोज ९ गते आफू उपाध्यक्ष रहेको एकीकृत नेकपा (माओवादी) र संसद् सदस्यता समेत परित्याग गरी सो नयाँ अभियानको नेतृत्व गरेका छन् । तर उनले यो समयमा थालेको नयाँशक्तिको अभियान असफल हुने पक्कापक्की जस्तो छ । किन भने हाल उनलाई उल्काको दशा चलिरहेको छ । योक्रम २०७८ सालसम्म रहने छ । उनी २०७८ पछि लाभलायक राजनीतिक शक्तिमा पुग्लान तर उनी यो २०७८ साल सम्म असफल रहनेछन् । पछि उनी पुनः मैले गरेको काम गल्ती रहेछ भन्दै अर्काे राजनीतिक समूहमा जानेछन् ।

निष्कर्ष
निष्कर्षमा भन्नु पर्दा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई धेरै ठूलो क्षमता भएमा व्यक्ति हुन् तर अफ्ना हीनताबोधी मनोवृत्तिका कारण सँधै असफल हुनेछन् । उनी कुटील स्वभावका मानिस हुन् । उनी बाहिर हेर्दा जति सरल छन् त्यति नै भित्रीरुपमा जटील पनि छन् । अबको समय उनका लागि त्यति अनुकूल छैन । उनी २०७८ सालपछि मात्रै केही स्थिर होलान् तर उनको यो नयाँशक्ति अभियान असफल हुने सम्भावना अधिक छ । यो पनि विचारणीय पक्ष छ ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts