Logo

काग्रेसको केन्द्रीय समिति बैठक आज : सभापतिहरुको भेलाबारे एजेन्डा तय गर्ने



काठमाडौं । कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार बस्दैछ । हेटौडामा बस्न लागेको केन्द्रीय समिति बैठकमा भोलिबाट हुने जिल्ला सभापतिहरुको भेलाबारे एजेन्डा तय गर्ने र समसामयिक राजनीतिक परिस्थिति बारे छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ ।।

बैठकमा पार्टी भित्र देखिएको विवादलाई जिल्ला सभापतिहरुको भेलामा कसरी मथ्थर पार्ने भन्ने बिषयमा छलफल हुने प्रवक्ता शर्माले क्यापिटल समाचारलाई जानकारी दिनुभयो । भोलिदेखि ३ दिनसम्म चल्ने जिल्ला सभापतिहरुको भेलामा विधान संशोधन, संगठन सुदृढिकरणका बिषयमा छलफल केन्द्रित हुनेछ ।

संविधानले व्यवस्था गरेको नयाँ संरचना अनुसार पार्टीको विधान संशोधन र संघीय संरचनामा पार्टीलाई कसरी अगाडी बढढाउने भन्ने, बिषयमा बैठकले आधार तयार गर्ने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

भेलामा निर्वाचनमा बेहोर्नुपरेको पराजय, पार्टी नेतृत्वबाट भएका कमि–कमजोरी आगामी दिनमा अंगिकार गर्नुपर्ने रणनीति लगायतका बिषयमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्