सुन तस्करीको छानबिनमा लापरबाही गरेकाे भन्दै सीआईबी प्रमुख बज्राचार्यमाथि कारबाहीकाे सिफारिस

सुन तस्करीको छानबिनमा लापरबाही गरेकाे भन्दै सीआईबी प्रमुख बज्राचार्यमाथि कारबाहीकाे सिफारिस


काठमाडौं ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी किरण बज्राचार्यमाथि कारबाही सिफारिस भएको छ ।

सुन तस्करीको छानबिनका क्रममा लापरबाही गरेको ठहर गर्दै सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बज्राचार्यलाई विभागीय कारबाही सिफारिस गरेको हो ।

सिआइबीले प्रहरीकै पूर्वउच्च अधिकारीका साथै राजनीतिक दलका नेतालगायतलाई उन्मुक्ति दिएको छानबिन समितिले ठहर गरेको छ । आयोगले बुझाएको प्रतिवेदनमा बज्राचार्यले त्रुटी गरेको उल्लेख छ ।

गृह मन्त्रालय स्रोतका अनुसार आयोगको सिफारिस अनुसार बज्राचार्यमाथि विभागीय कारबाहीको प्रक्रिया अघि बढ्ने बताइएको छ ।