६ हजार विद्यार्थीको भविष्यका लागि परीक्षा सञ्चालन गर्न मेयरको आग्रह

६ हजार विद्यार्थीको भविष्यका लागि परीक्षा सञ्चालन गर्न मेयरको आग्रह


 

रौतहट ।

रौतहटको फतुवा बिजयपुरकी मेयर अम्बेया खातुन ६ हजार विद्यार्थीको भविष्यको लागि आजदेखि हुने बार्षिक परीक्षा सञ्चालन गर्न सम्पूर्ण शिक्षकहरू लाई आग्रह गरेकी छन्।

नगर क्षेत्र अन्तर्गतका कक्षा १ देखि ९ सम्मका ६ हजार बालबालिकाको भविष्यको सवाल भएकाले मेयर खातुनले निर्धारित समयमा परीक्षा सञ्चालन गर्न सम्पूर्ण शिक्षकहरुलाई आग्रह गरेकी हुन्। नगरक्षेत्र अन्तर्गतका सम्पूर्ण शिक्षक कर्मचारीको तलब आगामी ४ गते कोलेनिका बाट खातामा जाने निश्चित भएकाले तलबको बिषय लिएर अब कुनै प्रकारको बिवाद आन्दोलन नगर्न खातुनले आग्रह गरेकी छन्।

खातुनले आफू कार्यवाहक मेयरको जिम्मेवारि पाएदेखि नै केही जनप्रतिनिधि बिभिन्न भ्रम फैलाएर असफल बनाउने पटकपटक षडयन्त्र गर्दै आएकाले कसैको बहकावामा नपरी बालबालिकाको भविष्यको लागि बार्षिक परीक्षा सञ्चालन गर्न खातुनले सम्पूर्ण शिक्षक कर्मचारीसँग अनुरोध गरेकी छन्।

त्यसैगरी फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले आगामी ४ गते नगरक्षेत्रका सम्पूर्ण शिक्षक कर्मचारीको तलब खातामा जाने दोहाेर्‍याएका छन्। ‘लामो समयदेखि अवरुद्ध नगरको काममा लागि रहेका छौं , शिक्षक कर्मचारीको तलब निकासाको प्रक्रिया अगाडस बढेको छ , तथापि ४ गते उन हालतमा पनि आइतबार सबैको खातामा जानेछ,’ उपसचिव प्रधानले पुनः प्रतिवद्धता जनाए ।

फतुवा बिजयपुर नगरपालिकाको ३२ विद्यालयमा कार्यरत २०४ जना शिक्षक कर्मचारी र नगरपालिका लगायत अन्य गरी ३५० जना कर्मचारीले गत साउनदेखि हालसम्म तलब पाएका छैनन्। तलबको माग गर्दै बुधबारदेखि नगरपालिका अगाडि धर्नामा बसेका शिक्षकहरुले आज बिहान १० बजेदेखि हुने बार्षिक परीक्षा बहिष्कार गर्ने निर्णय गरेका थिए।

नगर शिक्षा संयोजक राधेश्याम यादवको अध्यक्षतामा बुधबार बसेको बैठकले सम्पूर्ण शिक्षकको तलब खातामा नगएसम्म परीक्षा सञ्चालन नगर्ने निर्णय गरेका थिए। यसैबीच नेपाल शिक्षक संघ रौतहटका अध्यक्ष रामकृपाल यादवले पनि ६ हजार बालबालिकाको भबिस्य जोडिएको भएकाले आजदेखि हुने कक्षा १ देखि ९ सम्मको बार्षिक परीक्षा निर्धारित समयमा सञ्चालन गर्न फतुवा विजयपुरका शिक्षकहरू लाई आग्रह गरेका छन्।

फतुवा बिजयपुर नगरपालिका स्थित ३२ विद्यालयमा कक्षा १ देखि ९ सम्मका झण्डै ६ हजार बिधार्थी रहेको माबि सितलपुरका प्रधानाध्यापक बुनिलाल यादवले बताएका छन। फतुवा बिजयपुरमा नेपाली कांग्रेस बाट निर्वाचित मेयर गोपाल राय यादव नदीको टेण्डरमा दोषी ठहर भएर अख्तियारद्वारा दण्डित भई उनको पद रिक्त भएपछि गत आर्थिक वर्षदेखि सोही पार्टी बाट निर्वाचित उपमेयर अम्बेया खातुन कार्यवाहकको जिम्मेवारी पाएकी हुन्।

११ वडा रहेको फतुवा विजयपुरमा ८ वडा सहित कांग्रेस पूर्ण बहुमतमा रहेको छ। पार्टी भित्रै आन्तरिक खिचातानीको कारण त्यहाँ पटकपटक बिभिन्न समस्या उत्पन्न हुँदै आएको एक। नेपाली कांग्रेस रौतहटका सभापति सुनिल कुमार यादव (जितेन्द्र)को गृह नगर फतुवा विजयपुरको समस्या समाधानको लागि उनले खासै चासो नलिएको स्थानीयहरूले बताउँदै आएका छन्।