बालुवाटारमा मिटरब्याज पीडितहरू पक्राउ

बालुवाटारमा मिटरब्याज पीडितहरू पक्राउ


काठमाडौं ।

बालुवाटारमा प्रदर्शन गरिरहेका मिटरब्याज पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई प्रधानमन्त्री निवासको ३ नम्बर गेटबाट पक्राउ गरिएको हो । अध्यक्ष कुशवाह मिटरब्याज पीडितको तर्फबाट वार्ता गर्न बनाइएको टोलीको संयोजक समेत हुन् ।

पक्राउ पर्नेमा ९ जना पुरुष र ४ जना महिला छन् । उनीहरुलाई अहिले प्रहरी वृत्त, मालीगाउँमा राखिएको छ ।

मिटरब्याज पीडितले अध्यक्ष कुशवाहको नेतृत्वमा सरकारी वार्ता टोलीसँग वार्ता गरिरहेको थियो । तर, हालसम्म पटकपटक भएको वार्ता विना निष्कर्ष टुंगिएको थियो ।