छुट्टाछुट्टै स्थानमा भएकाे सडक दुर्घटनामा ३ जनाकाे मृत्यु

छुट्टाछुट्टै स्थानमा भएकाे सडक दुर्घटनामा ३ जनाकाे मृत्यु


कपिलवस्तु ।

बुद्धभुमी नगरपालिका–४ स्थित सडकमा लु ३ च ४३८३ नम्बरको पिकअपले लु १३ प १८१९ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–२ घर भई बुद्धभुमी नगरपालिका–४ बुढ्डी चोक बस्ने ५५ वर्षीय सितल कहारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै झापा, मेचिनगर नगरपालिका–४ कालिखोलास्थित सडकमा साईकलबाट लडेर साइकलयात्री सोही नगरपालिका–५ बस्ने ५० वर्षीय काले कुमालको बुधबार साँझ मृत्यु भएको छ । साइकलबाट लडेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

चितवन, रत्ननगर नगरपालिका–९ स्थित सडकमा प्रदेश २–०३–००१ ख ६९९६ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूषको गएराति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।