Logo

गोदावरीमा दुर्गेशसंग साथ माग्दै गर्दा भेटिइन गायिका शोभा



♦शितल शर्मा ,काठमाडौ । नामै काफी शोभा त्रिपाठी । त्यसमा पनि सफल गायिका, मोडेल र कार्यक्रम प्रस्तोता रुपमा परिचित । गोदावरी नर्सरी झुल्किन एक्कासी साथमा थियो गतिलो ठिटो अर्थात सबै युवायुवतीका माझ चर्चामा रहेका गायक मोडल दुर्गेश थापा जमेरै नाचे दुइजना शोभाले साथ माग्दै थिइन दुर्गेशको अंगालोमा बसेर यो सबै चित्र हो शोभा त्रिपाठीको साथ देउ आधुनिक गीतको बिहिवार मात्रै आफ्नै कम्पनी गुड मर्निड टिभी नेपाल मार्फत गित सार्वजनिक गरेकी छिन ।

विशेष गरि लोकदोहोरी , तिज गीतहरु गाउने शोभाले यो पटक खुलेर आधुनिक गीत दर्शक र श्रोता माझ ल्याएकी छन् । नेत्र बन्धन केसीेको शब्द संगित र राजेशपायल राई संग आफै शोभाको स्वर रहेको छ ।

गीतमा दुर्गेश थापासंग गायिका शोभाले नै अभिनय गरेकी छन । विगत १० वर्षदेखी टेलिभिजन च्यानलहरुमा मनोरञ्जनमूलक कार्यक्रममा ब्यस्त शोभा फिल्म खेल्न चाहाना भने अझै बाकी नै छ भन्छिन ।

 

शोभा अनि दुर्गेशको भिडियो हेर्नुस

प्रतिक्रिया दिनुहोस्