बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु

बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु


मकवानपुर ।
मकवानपुरमा बिजुलीको पोल ढलेर लाग्दा एक जना वडा सदस्यको मृत्यु भएको छ।

मंगलबार दिउँसो साढे १ बजे बकैया गाउँपालिका वडा नम्बर ७ मानदमारस्थित आफ्नै घर अगाडि हिँडिरहँदा बिजुलीको पोल ढलेर एक जना वडा सदस्यको मृत्यु भएको हो।

मृतक सोही वडाका सदस्य ४० वर्षीय रामकुमार तितुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

बिजुलीको पोलले लाग्दा घाइते भएका तितुङको उपचारको लागि चुरेहिल अस्पताल हेटौंडा लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुरमा लगिएकोमा उपचारको क्रममा बुधबार बिहान ३ बजे मृत्यु भएको कार्यालयले जानकारी दिएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ।