सेन्चुरी बैंकका तत्कालीन २ सीईओ पक्राउ

सेन्चुरी बैंकका तत्कालीन २ सीईओ पक्राउ


काठमाडाैँ ।

सेञ्चुरी कमर्सियल बैंकको तत्कालीन २ सिईआ‍े पक्राउ परेका छन् ।

सेञ्चुरी कमर्सियल बैंकको ऋण प्रवाहका क्रममा अनियमितता गरेको आरोपमा प्रहरीले पूर्वसीईओ तुलसीराम गौतम र मनोज न्यौपानेलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

याेसँगै यस प्रकरणमा पक्राउ पर्नेहरूको संख्या १० पुगेको छ।

पछिल्लो पटक पक्राउ परेका गौतम मनोज न्यौपाने सेञ्चुरीको प्रमुख कार्यकारी अधिकृत हुनुअघि उक्त जिम्मेवारीमा थिए।

न्यौपाने २०७८ असारदेखि सेञ्चुरीको प्रमुख कार्यकारी अधिकृत भएका थिए।

सेञ्चुरी कमर्सियल बैंक अहिले प्रभु बैंकमा गाभिएको छ। उक्त बैंकमा मनोज न्यौपाने अहिले वरिष्ठ डेपुटी सीइओका रुपमा कार्यरत छन्।

सीआईबीले मनोज र तुलसीरामसहित प्रभुका अन्य केही कर्मचारीलाई पनि पक्राउ गरेको छ। पक्राउ परेका यी सबै कर्मचारी तत्कालीन सेञ्चुरी बैंकबाट प्रभुमा गाभिएका हुन्।

सीआईबीले ऋण प्रवाहका क्रममा हिनामिना आरोपमा दिपेश प्रधान, दिलिप बराल, रमण श्रेष्ठ र राजेश भण्डारीलाई पनि पक्राउ गरेको छ।