Logo

कांग्रेस वरिष्ठ नेता पौडेल अाज पोखरा जाँदै : कास्की, बाग्लुङ तथा म्यादीका विभिन्न कार्यक्रममा सहभागी



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल झण्डै एकसाता प्रदेश नम्बर चारमा पार्टीका विभिन्न कार्यक्रममा सहभागिता जनाउनेभएका छन् । प्रदेश नम्बर चारका विभिन्न जिल्लाका कार्यक्रममा सहभागि हुनका लागि पौडेल सोमवार पोखरा प्रस्थान गर्दैछन् ।

पौडेलका सहयोगी चिरिन्जीवी अधिकारीका अनुसार पौडेल बैशाख ३ गते सोमबार विहान ८ बजे बुद्ध एयरबाट काठमाडौं देखि पोखरा प्रस्थान कार्यक्रम छ । सोमवार नै पोखरामा हुने प्रदेश नं। ४ को नेपाल कर्मचारी यूनियन संघको कार्यक्रमलाई सम्बोधन गर्नेछन् । बैशाख ४ गते मंगलबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति कास्कीले पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । भने बैशाख ५ गते बुधबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन् ।

यस्तै बैशाख ५ गते बुधबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति वाग्लुङ्गले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने र बैशाख ६ गते विहिबार नेपाल तरुण दलले आयोजना गरेको प्रदेश स्तरीय, प्रदेश नं ४ को तरुण भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बरिष्ठ नेता पौडेल बैशाख ७ गते शुक्रबार काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts