Logo

मन्त्री रामनरेश रायलाई हार्टअट्याक, गंगालालमा उपचार हुँदै



काठमाडौं । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय यादवलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ ।
गृहजिल्ला सर्लाहीमा शनिबार मन्त्री यादवलाई हृदयघात भएको थियो । अकस्मात ढलेर बेहोस भएका मन्त्री यादवलाई तत्काल हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको उनको निजी सचिवालयले जनाएको छ ।
स्वास्थ्य खतरामुक्त रहेका मन्त्री यादवलाई बाँसबाँसरीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचार भइरहेको छ । मन्त्री राय बिरामी भएको थाहा पाएपछि आफन्त र शुभेच्छुकहरू भेट्न अस्पताल पुगेको थिए ।
राष्ट्रिय जनता पार्टी नेपालका वरिष्ठ नेता यादव प्रदेश २ मा वन मन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts