सांसदकाे आरोपप्रत्यारोपले संसद् बैठक स्थगित

सांसदकाे आरोपप्रत्यारोपले संसद् बैठक स्थगित


काठमाडौँ ।

सत्तापक्ष र प्रतिपक्षी दलका सांसदको आरोपप्रत्यारोप प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्ने क्रममा राजेन्द्रकुमार केसीले विधेयक पास गर्ने क्रममा प्रतिपक्षी दलका सांसदले असहयोग गरेको आरोप लगाएपछि सुरु भएको सत्तापक्ष र प्रतिपक्षी दलका सांसदको आरोपप्रत्यारोपले बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

केसीको धारणापछि प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक पदम गिरी, रास्वपाका विराजभक्त श्रेष्ठ, राप्रपाका ज्ञानेन्द्र शाहीले सरकारको कडा आलोचना गर्दैै प्रतिपक्षी दलमाथि हिलो नछ्याप्न चेतावनी दिए ।

सरकार बहुमतको हो भने विधेयक पास गर्न र हैन भने सरकारबाट हट्न गिरीले चुनौती दिँदा श्रेष्ठले बहुमतको सरकार हो भन्नेले प्रतिपक्षीमाथि आरोप नलगाउन बताए । साथै उनले गठबन्धनमा प्वाल परेको हो भनेर प्रश्न पनि गरे ।

शाहीले पनि सरकारले हत्यारालाई कारबाही नहुने भने सदन नचल्ने चेतावनी दिए ।

प्रतिपक्षी दलका सांसदको आरोपलाई खण्डन गर्दै सत्तारुढ माओवादीका सांसद माधव सापकोटाले सदन चल्न नदिने चेतावनी दिने सांसदलाई राजीनामा दिन चुनौती दिए ।

यसपछि सांसद प्रभु साहले रौतहटमा हुने मधानी यज्ञसहितका विषयमा बोले । यसपछि बालेका राजेन्द्र बजगाईंको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिपक्षी दलका सांसद उठेर विरोध जनाए, बोल्न समय मागे ।

तर, सभामुख देवराज घिमिरेले कसैलाई पनि बोल्ल्न समय दिएनन्, बारम्बार सभा सञ्चालनमा सहयोग गर्न आग्रह गरे । तर, प्रतिपक्षी दलका सांसद नबसेपछि सभामुख घिमिरेले शुक्रबार नै बस्नेगरी १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।