Logo

केकी भन्छिन्– आमा बनेको अनुभूति गर्दैछु



काठमाडाैँ । अभिनेत्री केकी अधिकारीले यो साता झापामा विताइन्। यसअघि उनी सुटिङकै लागि झापा आएकी थिइनन्। तर, ‘नाई नभन्नु ल ५’ ले यिनलार्य झापामा पाइला टेकायो।

विकासराज आचार्यको ब्राण्डेड फिल्म नाई नभन्नु ल को पाँचौं शृंखलाको सुटिङमै व्यस्त थिइन् युवा पुस्ताकी लोकप्रिय अभिनेतृ केकी। तर झापामा रहँदा यिनको ज्यादा ध्यान आफूले निर्माण गरेको फिल्म ‘कोहिनुर एक्सप्रेस’ तिर देखिएको खबर आजको कान्तिपुर दैनिकमा समाचार छ।

उनले कोहिनुर एक्सप्रेसमा लगानी गरेकी छन्। पहिलो फिल्म लगानीले आफूलाई जिम्मेवारी लिन सिकाएको र परिपक्व बनाएको उनले दावी गरिन्।

अहिले यिनलाई लागेको छ, फिल्म निर्माण गर्ने काम चानचुने र सोचेजस्तो सहज रहेनछ। ९ महिना गर्भमा बच्चा राखेपछि जन्मिने बेलामा आमाहरुलाई जस्तो हुन्छ, त्यस्तै अनुभूति यतिबेला केकी गरिरहेकी छन्। उनले भनिन्, ‘यो फिल्मले मलाई आमा बनाएको छ।’

प्रतिक्रिया दिनुहोस्