Logo

अाइपीएलमा सन्दीपको टिम दिल्लीको पहिलो जित



काठमाडौं, वैशाख १ – आईपीएलको महत्वपूर्ण खेल अन्तरगत दिल्ली डेयरडेभिल्सले मुम्बई इन्डियनसँगको खेलमा ७ विकेटले शानदार जित हात पारेको छ ।

मुम्बईले दिएको १ सय ९५ रनको विजयी लक्ष्य दिल्लीले अन्तिम बलमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । अन्तिम ओभरमा दिल्लीलाई जितका लागि ११ रनको आवश्यकता रहेको अवस्थामा अन्तिम बलमा रन पूरा गर्दै दिल्लीले जित हात पारेको हो ।

दिल्लीको जितका लागि जेसोन रोय नायक बने । उनले ५३ बलमा ६ चौका र ६ छक्कासहित ९१ रनको योगदान दिए । दिल्लीका लागि ऋषभ पन्तले ४७ रनको योगदान दिए । अघिल्ला दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेका कप्तान गौतम गम्भीरले आजको खेलमा १६ रन मात्र बनाए ।

त्यस्तै ग्लेन म्याक्सवेल १३ रनमा आउट भए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बई इन्डियन्सले दिल्लीलाई १ सय ९५ रनको उच्च विजयी लक्ष्य प्रस्तुत गरेको थियो ।

मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै यो योगफल तयार पारेको हो । ओपनर ब्याट्सम्यानहरु सूर्यकुमार यादव र इविन लेविसले मुम्बईको लागि महत्वपूर्ण आधार तयार पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्