फिदिमकाे डेरी बजारमा ग्लोबल आइएमईकाे शाखारहित बैंकिङ सेवा

फिदिमकाे डेरी बजारमा ग्लोबल आइएमईकाे शाखारहित बैंकिङ सेवा


काठमाडौं ।

ग्लोबल आइएमई बैंकले पाँचथरको फिदिम नगरपालिका वडा–१२ डेरी बजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।

शाखारहित बैंकिङ सेवा उद्घाटन फिदिम नगरका उपमेयर राधाकृष्ण न्यौपाने, वडा नम्बर १२ का वडाध्यक्ष कमलप्रसाद चापागाईं तथा बैंकका सहायक महाप्रबन्धक दिलीप पोखरेलले संयुक्त रुपमा गरे।

शाखारहित बैंकिङ सेवाबाट ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत विभिन्न बैंकिङ सेवा लिन सक्नेछन्। यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जा ब्याज भुक्तानीलगायत सेवा लिन सकिने बैंकले जनाएको छ।

हाल बैंकले ३५५ शाखा, ३७८ एटिएम, २७५ शाखारहित बैंकिङ इकाइ, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत बैंकिङ सेवा दिँदै आएको छ।