Logo

हेटौंडाकी २२ वर्षे सुन्दरी बनीन् मिस नेपाल २०१८



काठमाडौं ।

मिस नेपाल २०१८ को ताज हेटौंडाकी २२ वर्षे सुन्दरी शृङखला खतिवडाले पहिरिएकी छन् । काठमाडौंमा भएको प्रतियोगितामा २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल २०१८ को ताज पहिरिएकी हुन् ।

ताजसहित एकलाख रुपैयाँ नगद जितेकी छन् । त्यसैगरी काठमाडौंकी २२ वर्षीया रोनाली अमात्य मिस नेपाल इन्टरनेसनल, प्रिया सिग्देश मिस नेपाल अर्थ, गोरखाकी मनिता देवकोटा मिस नेपाल युनिभर्स भएका छन् ।

विजेता सबैलाई ताजसहित एकलाख रुपैयाँ हस्तान्तरण गरिएको थियो । यही वर्षदेखि मिस नेपालका चार मुख्य उपाधि विजेतालाई पहिलो पटक उस्तै पुरस्कार प्रदान गरिएको हो । मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल युनिभर्सको उपाधिका विजेतालाई आकर्षक क्राउनसहित १–१ लाख रुपैयाँ प्रदान गरिएको छ ।

यी चारै जना विजेताले आगामी वर्ष विभिन्न देशमा सञ्चालन हुने मिस वल्र्ड, मिस अर्थ, मिस युनिभर्स र मिस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्नेछन् । २० जना प्रतिस्पर्धी रहने गरेकोमा यो २३ औं संस्करणबाट २५ जना सहभागी गराउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्