हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प

हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प


काठमाडौं ।

दोलखामा भूकम्प गएको छ । जिल्लाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

आज बिहान ४ बजेर ५८ मिनेट जाँदा हाटडाँडा आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यही फागुन ४ गते बझाङ जिल्लाको परकाट्ने केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।