विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य स्वास्थ्य सिकाउँदै सुरुवात

विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य स्वास्थ्य सिकाउँदै सुरुवात


भक्तपुर ।
सुरुवातले विद्यार्थीलाई विद्यालयमा नै गएर यौन तथा प्रजनन स्वास्थ्य किशोर किशोरीको अवस्था परिवर्तन सुरक्षित यौन व्यवहारका विषयमा कक्षा सञ्चालन गरेको छ ।

चाँगुनारायण नगरपालिका वडा नम्वर ३ मा अवस्थित सुरुवात नामक संस्थाले मध्यपुर थिमीको नालान्द विद्यलयका कक्षा ९ र १०मा अध्ययन गर्ने बालबालिकाहरूलाई यौन तथा प्रजनन स्वास्थ्य किशोर किशोरी अवस्थामा आउने परिवर्तन सुरक्षित यौन व्यवहार र कन्डमको महत्त्व र उपयोगिताको विषयमा अन्तरक्रिया गरेको हो ।

विद्यालयका कक्षा ९ र १० का ४० विद्यार्थीहरूसँग संस्थाले कन्डम दिवसका अवसरमा यसको महत्वको विषयमा अन्तरक्रिया गरेको सुरुवातका अनुसन्धान संयोजक अनुप अधिकारीले जानकारी दिए । उनका अनुसार कन्डमको विषय आयो भने शिक्षक शिक्षिकाले पनि पठाउन हिचकिचाउने अवस्था अझ पनि छ ।

अब पनि यौन तथा प्रजनन स्वास्थ्य किशोर किशोरी अवस्थामा आउने परिवर्तनको विषयमा किशोर किशोरीलाई जानकारी नदिने हो भने यसले भविष्यमा ठुलो समस्या ल्याउन बताउँदै यसको समाधानका लागि सुरुवातमार्फत् विद्यालयमा नै गएर विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य एव कन्डम प्रयोगको विषयमा जानकारी दिइएको बताए ।

हरेक वर्ष कन्डम दिवस मनाए पनि अझै यसको प्रयोगको विषयमा राम्रो चेतनाकाे भने अभाव रहेको उनले जानकारी दिए । किशोर किशोरीहरूलाई अझ यसको विषयमा जानकारी दिन आवश्यक रहेको उनकाे भनाइ छ ।

अधिकारीका अनुसार सुरुवातले विद्यालयमा गएर यौन तथा प्रजनन स्वास्थ्यको विषयमा जानकारी दिनुका साथै कन्डम दिवसका अवसरमा सुरुवातको कार्यालयअगाडि कन्डमको प्रयोगलाई बढावा दिँदै एचआइभी एड्स जस्ता सङ्क्रमण कम गराउने , यौन रोग तथा अनिच्छित गर्भ रहनबाट बच्न कन्डमको प्रयोग गर्नुपर्ने, कन्डम प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी लगायतका विषयमा जानकारी जानकारी प्रदान गरिएको थियो ।